भद्रपुर । मेची प्रादेशिक अस्पतालको लापरबाहीका कारण भद्रपुर–५ का कोरोना सङ्क्रमित लक्ष्मी सिंह राजपुत (नुनिया) को मृत्यु भएको नेपाली काङ्ग्रेसले दाबी गरेको छ ।
भद्रपुर–५ का काङ्ग्रेसका पूर्व सभापति राजपुतको मङ्गलबार साँझ कोरोना सङ्क्रमणबाट मेची अस्पतालमा मृत्यु भएको थियो । अस्पतालको लापरबाही र उदासिनताका कारण उनको मृत्यु भएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले दाबी गरे । उनले पे्रस विज्ञप्ति जारी गरी त्यस घटनाप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
न्यूनतम चिकित्सकीय सेवासम्म प्राप्त गर्न नसकी उनको मृत्युु भएको दाबी गरिएको छ । राजपुतले चिकित्सकीय रेखदेख प्राप्त गर्न नसक्नु मात्र होइन, उनले प्रयोग गर्ने अक्सिजन सक्किदा खाना पु¥याउन खटिएका व्यक्ति र अस्पतालमा भर्ना भएका अन्य सङ्क्रमित व्यक्तिहरूले अक्सिजन परिवर्तन गरिदिएको विज्ञप्तिमा उल्लेख छ ।
उनको मृत्यु भएको घण्टौंसम्म पनि अस्पताल वेखबर भएको र अस्पतालमा पर्याप्त चिकित्सकीय सेवा सुनिश्चित गर्न माग गर्दै अस्पतालमा आउने बिरामीको उपचारमा लापरबाही गर्ने प्रवृत्तिमा अविलम्ब सुधार गर्न काङ्ग्रेसले आग्रह गरेको छ ।