- मदनबाबुु प्रसाई/उर्लाबारी
उर्लाबारी नगरभित्र चार दिनअघि गरिएको स्वाबको परीक्षण गर्दा संकलन गरिएकामध्ये ६६ प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ ।
उर्लाबारी नगर कोभिड १९ को संक्रमणको केन्द्र बन्ने सम्भावना बढेको छ । स्थिति नियन्त्रणभन्दा बाहिर जाने डर सिर्जना भएको छ । नेपालमा लकडाउन सुरु भएको ५ महिनासम्म क्वारेन्टिनमा सिमित रहेको संक्रमणको स्थिति अन्ततः समुदायमा फैलिएको आभाष भएको छ । जसमा नगर प्रमुख खड्ग फागो, स्वास्थ्य शाखाका सहसंयोजक खुरेश खड्का, नगर प्रमुखका सवारी चालक इन्द्र आपागाईं, नेकपाका जिल्ला सदस्य मानबहादुर श्रेष्ठ, विद्या चाम्लिङ, गंगाप्रसाद बास्तोलामा देखिएको छ ।
बुधबार नगरको स्वास्थ्य शाखाले जारी गरेका सूचनामा संक्रमितहरुको संम्पर्कमा रहेकाको आधारमा ३० जनाको पीसीआरका लागि नमुना संकलन गर्दा २० जनामा संक्रमण देखिएको जनाएको छ । शाखाका सहसंयोजक रेनुकाप्रसाद काफलेले दुई साताअघि पोजेटिभ आएर होम क्वारेनटाइनमा बसेका सवारी चालक आपागाईंको पुनः स्वाबको नमुना परीक्षण गर्दा पोजेटिभ आएको बताए ।
होम आइलोसनमा रहेका नगर प्रमुख फागोले यातायात खुला भएको, भिडभाड, चाडवाड मनाउन बाहिरबाट घर आउने र स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डको पालना नगर्दा यो स्थिति आएको बताए । उनले आफू संक्रमणबाट मुक्त हुनसाथ नगरमा फैलिएको संक्रमण नियन्त्रणको लागि विज्ञसग“ परामर्श गरी अघि बढ्ने बताए । नगरमा हालसम्म संक्रमित एक सयको हाराहारीमा पुगेको छ भने एक जनाको निधन समेत भएको नगरपालिकाले जनाएको छ ।
(स्पष्टीकरणः माथि उल्लेख भएको नाम सम्बन्धित व्यक्तिहरूको अनुमति मै प्रकाशित गरिएको हो)