विजयपुर/ वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा उपभोक्ताको गुनासो तथा उजुरीका आधारमा भाटभटेनी सहित धरानका ३ वटा पसलमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विक्रि भइरहेको फेसियल स्टिमरको खोल र भित्रको समानमा फरक पाइएको छ । फापा कम्पनीको फेसयिल स्टिमरको कोड नम्बर फरक पाइएको संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । उनले भाटभाटेनी सुपरमार्केट धरान शाखामा भएको फापा फेसियल स्टिमरमा बाहिर खोलमा एफपी–१०८५ रहेका छ भने भित्र स्टिमरमा बि वाई–१०७८ रहेको वताएका छन् । स्टिमरको कोड नम्बरमा फरक पाइएपछि भाटभटेनी सुपरमार्केटलाई ३ दिन भित्र स्पष्टीकरण मागिएको छ ।

भाटभाटेनी सुपरमार्केट धरानकी शाखा प्रमखु शुरेखा मिश्रले लक्ष्मी ओभरसिसबाट खरिद गरिएको बताएकी छन् । मोडेल नम्बरका विषयमा आफुलाई पनि अहिले मात्र जानकारी भएको बताउँदै उनले ओभरसिस वा उत्पादक कम्पनीको गल्ती भएको दावी गरेकी छन् । उपभाेक्ता संरक्षण कार्यालयकाे साे स्टिमरकाे बिक्री वितरणा बन्द गर्न निर्देशन दिएको छ । उक्त स्टिमरलाई २ हजार ४ सय ६० रुपैयामा बिक्री गर्दै आएको थियो ।

त्यस्तै धरान–२ सिङ्गदेवी चोकका २ वटा आयुसी स्टोर र जय बाबा सप्लायर्स खाद्यान्नका पसलमा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा आयुसी स्टोरमा १० प्रकारका खाद्य सामाग्रीहरु डेट एक्सपायर भएको पोखरेलले जानकार दिएका छन् । उक्त आयुसी स्टोरको डेट ए्रक्सपायर भएको ४ हजार ९ सय ९० रुपैया बराबरको खाद्य सामाग्री नष्ट गरिएको छ । साथै २ वटै पसलमा होर्डिङ तथा मुल्य सुची नभएको प्रखुल पोखरेल जानकारी दिएका छन् । उनले होर्डिङ बोर्ड र मुल्यसुची राख्न पनि सुझाव दिइएको बताए ।

अनुगमन वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विराटनगरका प्रमुख सन्तोष पोखरेल नेतृत्वमा भएको हो । पोखरेल सहित खाद्य प्रविधि तथा गुण नियन्तण बिराटनगरका राज कमार रिजाल, गुण नियन्त्रण सव–डिभिजन कार्यालय इनरुवाका काशीनाथ घिमिरे, इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि टङ्कबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानका सई बाबुराम खड्का सहितको टोलीले बजार अनुगमन गरेको थियो ।

धरानका भाटभाटेनीसहित ३ पसलमा उपभोक्ताको गुनोसो तथा उजुरीको आधारमा अनुगमन गरिएको वाणिज्य, आपुर्ती तथा उपभोक्ता संक्षरण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेल जानकारी दिएका छन् ।