ब्लाष्टखबर ।  धरानमा थप १३५ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज बिहानै थप १३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । 

संक्रमित हुनेहरूमा, पत्रकार, उपमहानगरका कर्मचारी, बैंकका कर्मचारी, अधिकारकर्मीहरु लगायत रहेकाे मेहताले बताएका छन् । उनका अनुसार संक्रमित बिहिबार धरान १७ स्थित एन्फा एकेडेमीमा स्वाब संकलन गरिएको र धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब स्ंकलन गराएकाहरू रहेकाे छन् ।

शुक्रबार मात्रै धरानमा बिहान ४८ जना दिउसाे २ जना र साझमा ६९ जनामा काेराे.ना संकेमण पुष्टि भएकाे थियाे । शुकेबार विहान आएकाे रिपाेर्ट बीपी प्रतिष्ठानमा स्वाव संकलन गराएकाहरूकमाे रहेकाे थियाे भने, साझमा आएकाे रिपाेर्ट  एन्फा एकेडेमीमा स्वाब स्ंकलन गराएकाहरूकाे रहेकाे थियाे । आज बिहान शुक्रबार आउन बाँकी ६० प्रतिसतकाे रिपाेर्ट र प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरूकाे रहकाे मेहताले बताएका छन् ।