ब्लाष्टखबर । धरानमा शुक्रबार (आज) बिहान थप ४८ जना काेराेना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज २४ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएकाे याे संगै उपमहानगरमा कुल संक्रमितकाे संख्या  ८ सय ९४ पुगेको छ ।

मेहताका अनुसार संक्रमण पुष्टि भएका सम्पूर्ण धरान १८ स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्थ डेक्समा स्वाब संकलन गराएकाहरू रहेका छन् । 

उनिहरूमाध्ये धरान १८ ठेगाना भएका १६ महिला १० पुरुष रहेकाे मा अधिकांश बपी प्रतिष्ठान भित्रका रहेकाे हुनसक्ने महाशाखा प्रमुख मेहताले बताएका छन् ।

अन्य वडानं. १ मा १ जना पुरुष, वडा नं २ मा १ महिला २ पुरुष, धरान ७ मा १ पुरुष, धरान ९ मा १ पुरुष, धरान ११ मा २ पुरुष, धरान १३ मा १ पुरुष, धरान १५ मा ३ महिला १ पुरुषमा, धरान १६ मा १ महिला १ पुरुष, धरान १७ मा १ पुरुष,  धरान १९ मा १ पुरुष र धरान २० मा १ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म  धरानका १२ जना काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ । उपमहानगरले बिहिबार एन्फा क्वारेन्टाइनमा २३५ जनाकाे  स्वाव संकलन गरेकाेमा रिपाेर्ट अाउन बाँकी रहकाे मेहताले बताएका छन् ।