ब्लाष्टखबर । अनसनमा रहेका डा. गाेविन्द केसीकाे सर्मथनमा बुधबार सडकमा उत्रिएका धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले आज बिहान ९ देखि ११ बजेसम्म ओपिडी सम्म् २ घण्टा ओपिडी बहिष्कार गर्दै धर्ना दिएका दिएका छन् ।
नेपाल मेडिकल एशोसिएशसन(एनएमए)को देशव्यापी आह्वान अनुसार आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सकहरुले भाेलिबाट पुरै ओपिडी सेवा बन्द गर्ने बताएका छन् ।
प्रतिष्ठानकाे ओपिडी भवन अघि भएकाे धर्ना कार्यक्रममा प्रतिष्ठानका सिनियर, जुनियर सबै चिकित्सकहरु सहभागी रहेका थिए ।
धर्नामा जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले आज २ घण्टा मात्र ओपिडी बहिष्कार गरेकाे बताउदै भाेलिबाट ओपिडी बन्द हुने र रिले अनसनमा बस्ने बताएका छन् ।