ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या  ९४ हजार २ सय ५३  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  १ हजार १ सय २३ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ६८ हजार ६ सय ६८ जना पुगेको छ। 

देशभर २५ हजार ७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  

 बुधबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।