ब्लाष्टखबर । अनसनरत डाक्टर गाेविन्द केसीकाे स्वास्थ अवस्था चिन्ताजनक हुँदै जाँदा  उनकाे माग सम्बाेधन गर्न तथा जिवन रक्षाकाे माग गर्दै धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टरहरू सडकमा उत्रिएका छन् । 

१९ औं पटक आमरण अनसनमा बसेका डा.केसीको समर्थनमा प्रतिष्ठानकाे जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा प्रतिष्ठानबाट जुनियर रेसिडेन्टहरुले नाराबाजी सहित र्याली निकाल्दै  धारानकाे भानुचाेक हुदै पुनः प्रतिष्ठानमा फर्केका थिए ।

लामाे समयदेखी चिकित्सा क्षेत्रकाे सुधारका लागि  पटक पटक अनसन बसेका डा. केसीकाे  समर्थनमा प्रतिष्ठानका जुनियर र सिनियर डाक्टरहरु सडकमा उत्रिएका थिए । उनिहरूले र्यालिमा डा.केसीको अनसन, माफियालाई टेन्सन, डा. केसीको जीवन रक्षा गर जस्ता नारा समेत लगाएका थिए ।