ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आज बिहान थप एक काेराेना संक्रमितिकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १५ का ५५ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।
उनका अनुसार काेराेना संक्रमण भए संगै असाेज १६ गते प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका उनकाे उपचारका क्रममा बिहान ६ : ४५ मा मृत्यु भएकाे हाे । मृतक मृगैलाका दिर्घराेगी रहेकाे डा. श्रेष्ठले बताएका छन् । योसँगै धरानका कोरोना संक्रमितको मृत्यु संख्या ९ पुगेको छ।