ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकाेटाद्वारा प्रतिष्ठानकाे प्रवक्ताबाट राजिनामा दिएका छन् ।

जेठ ८ गते प्रतिष्ठानको प्रवक्तामा नियुक्त भएका डा.सापकोटाले (हिजाे) बिहिबारबाटै लागु हुने गरी प्रतिष्ठानको प्रवक्ताबाट राजिनामा दिएको जानकारी गराएका छन् ।

उनले पछिल्लाे समय ओपिडी सेवा पनि सुचारु भएसंगै कार्यब्यस्ताको कारण राजीनामा दिनुपरेको बताउदै प्रतिष्ठानका विभागीय प्रमुखहरु सहित सिनियर चिकित्सकहरूका साथै संचारकर्मीहरुलाई राजिनाकाे जानकारी गराएका छन् ।