ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ७७ हजार ८ सय १७  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  १ हजार ५७ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ। 

देशभर २० हजार ८ सय ९१ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ।