ब्लाष्टखबर । इटहरीका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–५ का काेराेना संक्रमित ७३ वर्षीय पुरूष रहेकाे छ । मृतकलाइ काेराेना संक्रमण पुष्टिएसंगै  श्वासप्रश्वासमा समस्या देदिएपछि विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा लगिएकाेमा  उपचारकाे क्रममा बुधबार मध्यान मा मृत्यु भएकाे उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलले जानकारी गराएका छन्।

यसैगरी आज मध्यान्न सम्ममा  प्रदेश १ मा ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूमा धरान स्थित बीपी काेइराला स्वासथ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा राजविराज–४ सप्तरीका ३९ बर्षीय पुरुषको मृत्यु भएको थियो ।विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको मृत्यु भएकाे थियाे । त्यस्तै, यस अघि अस्पतालमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो