ब्लाष्टखबर । विराटनगरमा बुधबार सुनसरीका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

विराटनगर स्थित  नाेबेल मेडिकल कलेजमा उपचाररत सुनसरीको हरिनगर २ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकाे नोबेलका प्रबन्धक नारायण दाहालले बताएका छन् ।

गत असाेज ९ गते श्वासप्रश्वासमा समस्या लिएर नाेबेलकाे फोक्सो वार्डमा भर्ना भइ उपचाररत उनमा  साेमबार काेराेना संक्रमण पुष्टि भएकाे थियाे । संक्रमण पुष्टि भएसंगै नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकाे मृतकमा ज्वरो,  उच्च रक्तचाप  र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।