ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ सय ३१ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ।
देशभर २० हजार ३ सय ९६ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ।