ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ७४ हजार ७ सय ४५  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  ७ सय ४२ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ। 

देशभर १९ हजार ६ सय २४ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।