ब्लाष्टखबर । झापामा काेराेना संक्रमित एक पुरूषकाे मृत्यु भएकाे छ । कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय काेराेना संक्रमित पुरुषको  गयराती विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएकाे नगरप्रमुख राजेन्द्र पोखरेलले बताएका छन्  । 

शरीर कमजोर हुने, ज्वरो आउने लगायत काेराेना संग मेलखाने लक्षण देखिएका उनमा  शनिबार कोरोना संक्रमण पुष्टि भएकाे थियाे । गम्भीर अवस्थामा विराटनगर राति १०ः४५ बजे अस्पताल ल्याइएकाेमा  उनको तत्कालै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

 

उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेकाे बतानइएकाे छ  ।

 सुरक्षा सावधानि अपनाउदै कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने नगरप्रमुख पोखरेलले बताएका छन्  ।