ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ सय २३ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ४८ हजार ६१ जना पुगेको छ।
देशभर १८ हजार १ सय ४२ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।