झापा । झापा विर्तामोडको वीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी १५ दिनपछि कोरोना भाइरस मुक्त भएका छन् ।
समुदाय स्तरमा कोरोना भाइर संक्रमण वढ्ने क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परिक्षण गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले सोमबार विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कन स्वागत गरेको हो ।

कोराना संक्रमणको जोखिम भएपनि यो रोगबाट कोहि भाग्न नसक्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । हाल कोरनासँगको सुरक्षा अपनाई जानुको विकल्प नरहेको उनले बताए ।

संक्रमण भएका स्वास्थ्यकर्मीलाई आफ्नै अस्पतालमा उपचार गरेको कार्यकारी निर्देशक प्रसाई बताए । कार्यक्रमको सहजीकरण जनसम्पर्क अधिकारी प्रमिस गिरीले गरेका थिए ।