विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर मिहिनामा सन् २०१२ देखि मनाउने गरेको भएता पनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो । यो दिवस विशेष गरि २१ सेप्टेम्बरको दिन डिमेन्सिया (स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागरूकता र डिमेन्शिया वरिपरि रहेको कलंकलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रुपमा परिचित छ ।

Alzheimer Disease International (ADI)ले विश्वव्यापी रूपमा गरेको एक अध्यन अनुसार प्रत्येक ३ जना व्यक्ति मध्ये २ जनाले यो विश्वास गर्दछन् कि उनीहरूको देशमा डिमेन्सियाको बारेमा थोरै व्यक्ति वा केहीले मात्र बुझ्न सकेका छन् । झन नेपाल जस्तो मुलुकको अवस्था यहि अनुरुप अनुमान गर्न सकिन्छ ।

डिमेन्सियामा मस्तिष्कमा भएका कोशिकाहरुमा एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ र जसले गर्दा हाम्रो स्मरण शक्तिमा क्रमिक ह्राश हुदै जान्छ र अन्तत्वगत्वा स्नायु प्रणालीले पुरै काम गर्न छाड्छ । यो रोगमा स्मरण शक्तिको अलावा व्यक्तिको सोच, व्यवहार र भावनालाई असर गर्दछ । यो गहन समस्या हो । प्रत्येक व्यक्तिले डिमेन्सियाको अनुभव आफ्नै तरिकाले गर्दछन्, अन्ततः प्रभावित व्यक्तिहरू आफैंको हेरचाह गर्न असमर्थ हुन्छन् र दैनिक जीवनमा जिवनोपार्जन गर्न परिवार वा अरु कसैको मद्दतको आवश्कता पर्दछ ।

alzaimer       यो चित्रमा देखाएको जस्तो खराब प्रोटिन जम्मा हुन्छ

 

डिमेन्शियाका १०० भन्दा बढी प्रकारहरू छन् । डिमेंशियाको सब भन्दा प्रमुखरूप भनेको अल्जाइमर रोग होक्ष् डिमेन्शियाका अन्य लक्षणहरु यस प्रकार छन् ।

· स्मरण शक्ति गुमाउनु

· सही शब्दहरू फेला पार्न वा अरु व्यक्तिले के भनिरहेका छन् बुझ्नमा कठिनाई हुनु

· पहिले आफुले गर्दै आएका नियमित कार्यहरू गर्न कठिनाई हुनु

· व्यक्तित्व र मुड परिवर्तन विना कारण परिवर्तन हुनु