ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ६१ हजार ५ सय ९३  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ सय ७१ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ। 

देशभर १७ हजार ३ सय ८३ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३९० पुगेको छ।