ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ५८ हजार ३ सय २७  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६८ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ४१ हजार ७ सय ६ जना पुगेको छ। 

देशभर १६ हजार २ सय ४२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।