ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १७ का ७० वर्षीय पुरूष रहकाे बीपी काेइराला स्वास्थ विज्ञानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी गराएका छन् ।

सापकाेटाका अनुसार गत अाइतबार काेराेना संक्रमण पुष्टि भएका उनकाे अाज दिउसाे २ : २० मा मृत्यु भएकाे हाे । ज्वरो, खोकी र   श्वासप्रश्वासमामा कठिन का साथै कोरोना संक्रमणको पुष्टी भइ प्रतिष्ठानकाे काेभिड अस्पताल उपचाररत मृतक बृद्ध २७ गते स्वास्थ समस्याका कारण प्रतिष्ठान भर्ना भएका थिए ।

पहिलेदेखि नै उच्चा रक्तचापका बिरामी रहेका उनकाे सन् २००८ मा हृदयघात भएर स्टेन्ट राखिएकाे प्रवक्ता सापकाेटाले जनाएका छन् । सापकाेटाका अनुसार शवको  नियमानुसार व्यवस्थापन हुँदैछ  ।