धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मुत्यु हुनेमा मोरङको धनपालथानका ४० बर्षीय पुरुषको आइतबार राती मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई अर्थो अब्जरवेसन वार्डमा उपचारको क्रममा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकलाई दीर्घ रोग नभएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । मृतक शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।