ब्लाष्टखबर । विराटनगरमा काेराेना संक्रमित थप १ काे मृत्यु भएकाे छ । कोशी अस्पतालमा उपचाररत विरटनगर उपमहानगरपालिका ८ का ६९ वर्षीय पुरुषको शनिबार मृत्यु जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताएका छन् ।
बस्नेतका अनुसार २२ भदौमा कोरोना संक्रमण पुष्टि भएका मृतक सुगर र प्रेसरका दिर्घराेगी थिए । उनकाे दिउँसो करिब १ बजे मृत्यु भएको हाे ।
याेसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ ।