ब्लाष्टखबर । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २ करोड ८० लाख बढिमा कोरोना संक्रमण भएकाे छ । पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार ७८७ संक्रमित थपिएका छन् । याे संगै विश्वमा संक्रमितको संख्या २ करोड ८० लाख ४० हजार ८५३ पुगेको छ ।

संगठनका अनुसार २१६ देशमा फैलिएको महामारीका कारण हालसम्म ९ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ६ हजार ११६ को मृत्यु भएको छ । विश्वमा हालसम्म ९ लाख ६ हजार ९२ को मृत्यु भइसकेको छ ।