इनरूवा/ इनरूवाको वडा नम्बर ५ बलाहामा थप १ कोरोना संक्रमित थपिएका छन् ।
नयाँ थपिएका व्यक्तिसँगै बलाहामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । आज थपिएका व्यक्ति ६५ वर्षिय पुरूष रहेको स्वास्थ्य शाखा इनरूवाले जनाएको छ ।
भदौ २४ गते स्वाब संकलन गरिएका ८२ जना मध्ये ७७ जनाको रिपोर्ट नेगेटिभ आउदा ५ जनाको होल्डमा रहेको थियो । जसमध्ये १ जनाको आज पोजेटिभ रिपोर्ट आएको छ । बाँकी ४ जनाको रिपोर्ट प्राप्त भै नसकेको स्वास्थ्य अधिकृत सन्तोष देवले बताए । इनरूवामा कुल संक्रमितको संख्या १२२ पुगेको छ ।