धरान/ धरानमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा इलाका प्रहरी कार्यालयका ५ जना थुनुवा र ४ जना प्रहरी छन् । २९, २४, ३४, ३५, ४६ बर्षीयका थुनुवा र इलाका प्रहरी कार्यालयमा कार्यरत सई र ३जना प्रहरी जवानमामा संक्रमित पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।

धरान ७ मा ब्रिटिश लाहुरे तालिम केन्द्रका २०,१९,२३ र २० बर्षका युवामा पनि कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार धरान-१५ का ४३ बर्षीय पुरुष, धरान-११ की ४४ बर्षीय महिला, धरान-४ का ३० बर्षीय परुष, धरान-६ की २७ बर्षीय महिला, धरान-१३ का ४३ बर्षीय परुष, धरान-१९ का भारतबाट आएका श्रीमान २९ बर्षीय र श्रीमती २४ बर्षीया, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना सफाईकर्मीमा कोरोना पुष्टि भएको छ ।