विराटनगर । विराटनगरस्थित काशी अस्पतालको कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर १९ की ४४ वर्षिय महिलाको उपचारको क्रममा बिहीबार राती ७ः१० मा मृत्यु भएको हो ।

कोशी अस्पतालको आइसोलेशनबाट स्वास्थ्यमा गम्भिर समस्या भएपछि रिफर गरिएको विरामीको उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।

ती महिलालाई पाँच दिनदेखी ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो आएपछि कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसरीआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

यो सँगै कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्याँ पाँच पुगेको छ । विराटनगरमा कोरोनाको कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।