क्यानबेरा । नेपालीहरूकाे उल्लेख्य संख्या रहेकाे अष्ट्रेलियाकाे क्विनबियन क्षेत्रमा नेपालीहरूले क्रिकेट क्लबकाे स्थापना गरेका छन् । 

२५ खेलाडि सहितकाे बुद्ध नेप्लीज क्रिकेट क्लब नाम दिइएकाे उक्त क्लब १३ अगष्ट २०२० मा इन्कर्पोरेट एसोसिएशन अन्तर्गत एक्सेस क्यानबेरामा दर्ता भएको क्लबका अध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी प्रेम चौधरीले बताएका छन् । 

अष्ट्रेलियामा रहेका नेपाली क्रिकेटरलाई निखार्दै नेपालीको क्रिकेट प्रतिको कौंशलतालाई क्यानबेरामा रहेका बिभिन्न बहुसॉंस्कृतिक समुदाय माझ चिनाउने उदेस्यले स्थापना भएकाे क्लबले क्यानबेरामा हुने बिभिन्न लिग र एक दिवसीय क्रिकेटमा सहभागीता जनाउने अध्यक्ष चौधरीले बताएका छन् ।

नवगठित क्लबकाे गोल्ड स्पोन्सरको रुपमा आर.के. होम रहेकाे बताउँदै क्रिकेट खेलमा प्रयाेग हुन सामग्री अन्य खेलमा प्रयाेग हुने भन्दा अलि महंगो हुने भएकाले  क्लबले २०२०/२०२१ मा सिसिएससिए र टी-२० खेल्ने चाहना राखेको हुनाले आवस्यक बजेट स्पोन्सर र खेलाडीबाट संकलन गर्ने जानकारी क्लबले दिएको छ ।

क्रिकेट प्रति झुकाव राख्ने क्रिकेट प्रेमि तथा खेलाडिहरू क्लबमा जाेडिन चाहेमा ०४५८३३१६१ मा अध्यक्षसंग तथा  ०४६६५६५००८ मा कप्तान अर्जुन केसीलाई सम्पर्क गर्न  क्लबले अनुरोध गरेको छ ।