कालाबञ्जार/ भगत चौधरीको निर्देशनमा सचेतनामूलक छोटो चलचित्र ‘कोरोना भाग–१’ सार्वजनिक गरिएको छ ।

चलचित्र बीआरसी स्टुडियो युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । भिडियोमा कोरोना खतरनाक रोग नभएको सन्देश प्रवाह गरिएको छ तर, आम जनताले थोरै सावधानी अपनाएमा कोरोनालाई जित्न सकिने सूचना प्रवाह गरिएको भगत चौधरीले बताए ।

उनी मोरङको कानेपोखरी गाउँपालिकावासी हुन् । उनी थारु पोर्टलका सम्पादक तथा प्रबन्ध निर्देशक पनि हुन् । उनले हालसम्म चार वटा छोटो चलचित्र निर्माण गरिसकेका छन् ।

चलचित्रमा भूमि दुलाल, विद्यानन्द चौधरी, कृष्णकुमारी कोइराला, सुनिता कोइराला, शिशिर पौडेल, शिवजी सापकोटा, पवन सापकोटालगायत कलाकारको अभियन रहेको छ । चलचित्रमा भगत चौधरीकै छायाङ्कन, सम्पादन र निर्देशन रहेको छ ।

अर्को सातासम्म भाग २ ल्याइने उनले बताए । उनले यसअघि थारु चलचित्र फगुवा पावन र हमर दिलमा समेत अभियन गरेका छन् ।