ब्लाष्टखबर । कञ्चनपुर स्थित कृष्णपुर नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाका अनुसार छोराविरुद्ध आमाले दिएका जवरजस्तीे करणी उद्योगको मुद्दा दर्ता भएको बताए । वृद्धा आमाले छोरा जवरजस्ती गरेकाे बताउदै अपराध लुकाउन नसकेर प्रहरीसमक्ष आएको भन्दै छोराविरुद्ध मुद्दा दायर गरेपछि छोरालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।