धरान । झापाको शिवशताक्षीमा धारिलो हतियारले घाँटीमा प्रहार गरेर हत्या गरेको अवस्थामा एक युवाको शव फेला परेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शिवशताक्षी नगरपालिका–११ सताक्षीधाम जाने बाटोमा सोही नगरपालिकाको मैनाचुली टोल बस्ने २८ वर्षीय गोमन सिंह मगरको शव घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा बुधबार फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले हत्यामा संलग्न फरारहरूको खोजि गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
































