धरान । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको बाह्रदशी गाउँपालिका–५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगर पक्राउ परेका छन् ।

उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुना ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।