विराटनर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
लहान घर भएकी ६५ वर्षिय महिलाको उपचारको क्रममा शुक्रबार १०ः४५ मा मृत्यु भएको हो ।
दिर्घरोगी रहेकी विरामीको स्वासप्रश्वासमा समस्याभएपछि बिहीबार विहान कोभिड अस्पताल भर्ना भएकी थिइन् । सोही दिन साझ उनलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
‘आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ कोभि उपचार केन्द्रका डा. दिपक सिग्देलले भने, ‘विरामीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचारर भइरहेको थियो । भेन्टिलेटरमा ४ घण्टा राखेर उपचार गर्दै गर्दा मृत्यु हुन पुग्यो ।’