धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ८३ बर्षिय पुरुष र बेलबारीका ५६ बर्षिया महिला छन् ।

झापाका वृद्ध बी एण्ड सी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ३ गते रिफर गरिएको हो । मृतकको मृगौलाको दिर्घकालिन र उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोशिकाको समस्या भएको प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

त्यस्तै, बेलबारीका महिला कोशी अस्पतालबाट बीपी प्रतिष्ठानमा भदौ ९ गते रिफर गरिएको हो । मृतकको दिर्घकालिन रोग बारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।