• दिनेस सुब्बा

पथरी / एकआपसको झगडामा बोतल प्रहार हुदा नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलको पथरीशनिश्चरे नगर सभापति सन्तोष कटुवाल गम्भीर घाइते भएका छन ।
बुधबार राती मोरङ पथरीशनिश्चरे नगरपालिका –१० जिरिखिम्ती स्थित पूर्बेली होटलमा राति १० बजे आफ्नै साथी सुमन कार्कीले कटुवालको टाउकोमा रक्सीको बोतल प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

बोतल प्रहारबाट कटुवालको कन्चटमा १२ टाँका लागेको प्रहरीले जनाएको छ । घाइते कटुवालको पथरीस्थित पथरी हस्पिटलमा सिलाई गरी सीटी स्क्यानको लागि बिराटनगरस्थित नोबेल अस्पतालमा पठाएको डिएसपी गिरीले बताए । बोतल प्रहार गर्ने कार्की पनि तरुण दलकै कार्यकर्ता हुन । दुबैजना पथरीशनिश्चरे नगरपालिकाका हुन ।

बोतल प्रहार हुन साथ प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कार्कीलाई अभद्र व्यवहारमा बिहिबार नै मुद्दा दर्ता भएको र बिरामीको अवस्था हेरेर ज्यान मार्ने उद्योगमा मुद्दा परिणत हुनसक्ने डीए