ब्लाष्टखबर ।  प्रदेश १ मा बिहिबार ९० संक्रमित थपिएका छन् । ति मध्याे संक्रमित मध्ये ३४ महिला र ५६ पुरुष छन् ।

मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दरहरैँचामा १ पुरूष, विराटनगरमा २० महिला र १८ पुरूष, कतहरीमा ३ महिला र ४ पुरूषमा संक्रमण देखिएकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, बर्जुमा ३ पुरुष, दुहवीमा २ महिला र ८ पुरुष , धरानमा १ महिला र २ पुरूष, गढिमा २ महिला र २ पुरूष, रामधुनीमा ४ पुरूष रहेका छन् ।

त्यस्तै, संखुवाशभाकाे खादबारीमा ४ पुरूष, इलाममा १ पुरूष र   प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ । जसमा ५८ जना पुदेश १ पाहिरका रहेका छन् ।  हाल सम्म डिस्चार्ज हुनेको संख्या १हजार ४ सय ९६ पुगेको छ ।