ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १४ हजार ७ सय ३९ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।

२४ घण्टामा ३ सय ८५ जना निकाे भएर घर फर्केका छन् ।  हाल सम्म निकाे हुनेकाे संख्या १९ हजार ५ सय ४  पुगेकाे छ ।  मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ११ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय ७५ पुगेकाे छ ।