विराटनगर/ महोत्तरी घर भएका एक जना कारोना संक्रमितको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
६० वषि कोरोना संक्रमित पुरूषको विराटनगरस्थित न्यूरो अस्पतालको आइसोलेशनमाा उपचारको क्रममा मंगलबार राती मृत्यु भएको हो ।
टाउँकोका नशा सुकेर प्यारालाइसिसको समस्या भएपछि ३१ साउनमा न्यूरो अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा मंगलबा राती ११ बजे मृत्यु भएको अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतले जानकारी दिए । ‘भेन्टिलेटरमा राखेर उपचाररत भइरहेको थियो,’ बस्नेतले भने, ‘उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’
विरामीमा कारोनासँग लक्षण मिल्ने देखिएपछि ३ भदौमा स्वाब संकलन गरिएकोमा भदौ ७ गते कोरोना रिपोट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ‘संक्रमण पुष्टि भएपछि अस्पतालले छुट्टै बनाएको आइसोेलेशनमा राखेर उपचार गर्दै आएको थियोे,’ कोभिड व्यवस्थापन समितिका संयोजक बस्नेतले भने, ‘संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि भेन्टिलेटरको सुविधा दिएर उपचार भइरहेको अवस्थमा मृत्यु हुन पुग्यो ।’
संक्रमितको मृत्युपछि उनको शव भने बेलुकै ‘एयर टाइट’ शिल प्याक गरेर व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई जानकारी गराएको अस्पतालले जनाएको छ ।