विराटनगर /  विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सले राखेको ७ बुँदे माग सुनवाइ नभएपछि सामूहिक राजिनामा दिएका छन् । अस्पतालमा काम गर्दै आएका स्टाप नर्सहरूले राखेको माग नोबेल मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेपछि बाध्य भएर नर्सहरूले मंगलबार सामूहिक राजिनामा दिएका हुन् ।

उनीहरू सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन विमा गरिदिनुपर्ने, अस्पतालका कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले व्यवहोरनुपर्ने माग राखेका छन् । यस्तै एमेरजेन्सिको रेडजोनलाई कोभिडि आइसोलेशन समान नर्सिङ्ग स्टापहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र ७ दिन अस्पताल क्वारिन्टन त्यसपछि सात दिन होम आइसुलेशनको व्यवस्थापन हुनुपर्ने माग राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यर्कीहरूले राखेको माग सुनवाइ नहुने भएपछि हामीले सामुहिक रुपमा राजिनामा दिएक एक जना नर्सले बताइन् ।

‘कोभिड १९ को महामारीको बेला हामी आफ्नो ज्यानलाई जोखिममा राखि सेवा दिदै आएका छौं,’ राजिनामा दिने ती नर्सले भनिन्, ‘अस्पतालले हाम्रो सुरक्षाको विषयमा कहिले चाँसो देखाएन् । हामी स्टार्प नसहरू न्यूनतम सुरक्षा सामाग्रीको प्रयोग गरि सामुदाय स्तरमा संक्रमण फैलिरहेको अवस्थमा सेवा दिन बाध्य भएका छौ । सेवा सुविधाको विषयमा पनि अस्पतालले चाँखो देखाएन । हाम्रो माग सुनवाइ नदिएपछि सामूहिक राजिनामा दिन बाध्य भएका हौं ।’ हामीले दिएको राजिनाले विरामीमा पर्न गएको असुविधाप्रति अस्पताल स्वयम जिम्मेवार हुनुपर्ने उनीहरूले राखेको राजीनामा पत्रमा उल्लेख छ ।

केही दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको नोबेलका एक जना नर्सलाई अस्पतालले प्रशासनले लक्षण नदेखिएको भन्दै अस्पतालको आइसोलेनमा नराखी होम आइसोलेनमा बस्नुपर्ने भनेका थिए । विरामीलाई सेवा दिदा दिदै संक्रमित भएकी नर्सलाई अस्पतालले नहरेपछि उनीहरूले यस्तो माग राखेका हुन् । नर्सहरूले राखेको माग सुनवाइ नभएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ । हालसम्म नोबले अस्पतालका कार्यरत एक दर्जन नर्सलाई कारोना संक्रमित भइसकेको छन् ।

यता अस्पताल प्रशासनले कार्यरत नर्सले प्रोत्सान रकम नपाएको भन्दै सामूहिक राजिजनामा दिएको बताए । ‘अस्पतालको आस्किम कक्षमा कार्यरत ५५ जना नर्सले ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता माग राखेका थिए,’ अस्पतालका प्रबन्धक नारयण दाहालले भने, ‘अस्पतालले ४ हजार रुपैयाँ दिने भनेका थियो । १ हजार रूपैयाँमा कुरा नमिल्दा ५५ जना नर्सले राजिनामा पत्र अस्पताल प्रशासनलाई बुझाएका छन् ।’