विराटनर/ विराटनगरकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराट टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा विराटनगर-११ घर भएकी ४४ वर्षिय महिलाको मंगलबार राती मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या भएपछि सोमबार साँझ ७ बजे विराट टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । विरामीको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा अक्सिजन दिएर उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल प्रशन तथा छातीरोग विशेषज्ञ डा.पुरु कोरोइलाले जानकारी दिए ।
‘श्वासप्रश्वासमा समस्या भएपछि विरामीलाई आकस्मिक कक्षमा भर्ना गर्दा विरामीको अक्सिजनको मात्र कम थियो,’ डाक्टर कोइरालाले भने, ‘हामीले भेन्टिलेरमा राखेर उपचार गर्ने क्रममा मृत्यु हुन पुग्यो ।’
संक्रमतिलाई मंगलबार कोशी अस्पताल लगेपछि थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटल लगेको थियो । स्वाब दिएपछि थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटल ल्याएको अस्पतालका प्रशान प्रमुख सुधिर रोठोरले जानकारी दिए । संक्रमितको मृत्यु भएपछि मंगलबार ९ बजे कारोना पोजेटिभ रिपोट आएको उनले बताए ।
मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको अस्पतालले जनाएको छ । यो सँगै विराटनगरमा कोरोना संक्रमतिको मृत्यु हुने संख्या ११ पुगेको छ । जसमध्ये २ महिला र ९ पुरूष छन् ।