मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा भाद्र १५ गते सम्म लकडाउन थपीएको छ । मोरङ जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि मिक्लाजुङ गाउँपालिका क्षेत्रमा प्रकोप फैलन नदिन श्रावण २८ गते राति १२ बजे देखी जारी लकडाउन भाद्र १५ गते सम्म लम्बिएको हो । यस अघी श्रावण ३२ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाले श्रावण ३२ गते बाट भाद्र ५ गते सम्म र ५ गते भाद्र ८ गते सम्म लकढाउन गरेको थियो ।