सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका उपमेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका छन् । कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित उपप्रमुख यादव अहिले होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने तयारी भएको उनले बताए ।