ब्लाष्टखबर । धरान उपमहानगरपालिका १५ नम्बर वडाको बगरकोटस्थित सेउती खोलाको पुलमा हतियार देखाएर आतंक मञ्चाउने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय मनिस भुजेल रहेका इलाका प्रहरी कार्यलय धरानले जनकारी गराएको छ । उनिहरुले गत आइतबार साझ धरान ८ बस्ने रोशन विश्वकर्मालाई कुटपिट गरेको भन्ने सुचनाका आधारमा इप्रका धरानबाट खटिएको प्रहरी टोलिले उनिहरुको खोजतलास गरी रहको थियो ।
सोमबार वेलुका उपमहानगरको ८ नम्बर वडामा रहको फलामे पुल नजिकै खुकुरी र चक्कु बोकी सार्बजनिक स्थलमा स्थानियलाइ आतंकित गराइ रहेको अवस्थामा प्रहरीले पक्राउगरेको इप्रकाका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् । पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहार मुद्दामा म्यद थप गरी अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।