धरान / धरानमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान–१७ की एक ६१ बर्षीइ महिला र अर्की एकजना महिलामा कोरोना संक्रमणको पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

ती ६१ बर्षीय महिलाको घरमा अन्य दुई जनामा यस अघि संक्रमण पुष्टि भएको थियो । अर्की महिलालाई भने यस अघि नै संक्रमणको संकामा आइसोलेसनमा राखिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण भएका मध्य ४१ जनामा कोरोना पोजेटिभ भएको बताइएको छ ।

प्रतिष्ठानले विभिन्न जिल्लाबाट ल्याएका ११०५ जनाको स्वाब परीक्षण गर्दा मध्ये ४१ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
८ जनाको भने धरानबाट स्वाब लिइएको थियो । ८ जना कै रिर्पोट भने पोजेटिभ आएको छ । उनीहरु ४ जना सुनसरीका हुन् भने २ धनुषा, र एक÷एक जना मोरङ र सिराहाका रहेको प्रतिष्ठानले जनाएको छ । एक जना प्रतिष्ठानकै कर्मचारी भएको बताइएको छ ।