धरान / मोरङ घर भएकी बर्ष एक १६ बर्षीय बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका – ४ स्थायी घर भई रामधुनी नगरपालिका –५ झुम्का बस्दैं आएका ४६ बर्षीय मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
आलमले गत साउन २६ गते धरान –१८ स्थित उक होटल ललाई फकाई ल्याई जवरजस्ती करणी गरेको आरोप लागेको छ । ती बालिकाकी आमाले आइतबार दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो पक्राउ गरेको हो ।
 इलाका प्रहरी कार्यालय पकलीसँग समन्वय गरी प्रतिबादी मोहमद ईर्साद आलमलाई आजै जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्धाको अनुसन्धानका लागि म्याद थप गरि अनुसन्धान शुरु गरिएको इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।