पथरी/ मोरङको कानेपोखरी–३ मा साउन ३० गते कोरोना भाइरस पृष्टी भएका एकजना पुरुषको कन्ट्याक ट्रेसिङ्गमा परेका १६ जनाको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
संङ्क्रमित पुरुषको परिवार र छिमेकीहरुको गत बिहीबार स्वाब संकलन गरी विराटनगर पठाएको आज ४ दिन पछि सबैको रिपोर्ट नेगेटिभ आएको हो । संङ्क्रमित युवालाई रंगेली नगरपालिकाको आइसोलेशन वार्डमा राखिएको छ ।
नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत सो पुरुषलाई साउन ३० गते शुक्रबार कोरोना संङ्क्रमण देखा परेको थियो । कोरोना पृष्टी भएपछि वडाकार्यालयले वडा सिल गरेको थियो ।
त्यसैगरी वडा नं. ४ स्थित बयरवन बजारमा पनि भदौ ३ गते बुधबार ८५ बर्षीय एक बृद्धमा कोरोना पोजेटिभ पृष्टी भएको थियो । वडा नं. ४ पनि कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले अनिश्चितकालिन वडा शिल गरेको छ । कोरोना संङ्क्रमित बृद्धको कन्ट्याक ट्रेसिङ्गमा परेका छिमेकीहरुको पनि आज आएको १६ जनाको रिपोर्ट भित्रै नेगेटिभ आएको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए । कोरोना संङ्क्रमित बृद्ध अहिले आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् ।
कोरोना भाइरस संक्रमण समुदायमा फैलिए पछि त्यसको रोकथाम र नियन्त्रण लागि गाउँपालिकाले भदौ १३ गते सम्म लकडाउन थप कडाई गरेको छ । गाउँपालिकाले ७ वटै वडामा भाइरसको रोकथाम र नियन्त्रण गर्न लकडाउन थप गरेको हो । बैठकले खाद्य मल, भेटनगरी, औषधी पसलहरु, दुधजन्य पदार्थ र विपत व्यवस्थापन कार्य बाहेक सवै बन्द रहने निर्णय गरेको छ ।