धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेमा ३ जना मेडिसिन वार्डका, १ जना सर्जरी वार्डका, १ जना आइसियुमा रहेका छन् भने कोभिड आस्पतालमा नै राखिएका ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

संक्रमण पुष्टि भएकाहरुलाई कोभिड अस्पतालमा सारिएको प्रवक्ता डा. सापकोटाले बताए ।