पथरी/ ७ बर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले २४ बर्षीय एकजना युवालाई पक्राउ गरेको छ ।

राती बालिका सुतिरहेको कोठामा गई जवरजस्ती करणी गर्ने मोरङको कानेपोखरी – ६, का २४ बर्षीय राहुल खड्कालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । खड्कालाई गाउँपालिकाको न्यायिक समिति र ओरेक नेपालको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

घटना यसरी घटेको थियो
शुक्रबार रातीको घटना हो । पीडितका बुबा र आरोपित खड्काको सम्बन्ध साथीसाथी हुन् । दुवै जना विवाहित हुन् । पीडित बालिकालाई आरोपित खड्काले सधै भान्जि भन्ने गरेका थिए । तर छिमेकी नाताले मात्र भान्जि पर्ने हो । घटना भएको दिन आरोपित खड्का साथीको घरमा गई दुवैजना मादक पदार्थ खाएर बेग्ला बेग्लै कोठामा सुत्छन् । आरोपित खड्का पीडित बालिका तथा भान्जि सुतेको कोठामा सँगै सुतेको कुरा आरोपित खड्का र पीडित बालिकाको बुवाले स्विकार गरेका छन् ।

शनिबार विहान छिमेकी एक महिलाले पीडित बालिकाको हिडाई असहज देखे पछि बुबा र छोरीलाई रोधपुच्छ र केरकार गरेपछि रहस्य बाहिरिएको थियो । घटना गाउँबाट अनुसन्धानको लागि आइतबार दिउँसो गाउँपालिकाको न्यायिक समिति सम्म पुगेको थियो ।

आइतबार नै ओरेक नेपाल र गाउँपालिकाको न्यायिक समितिले स्वास्थ्यकर्मीको सहयोगमा अनुसन्धान गर्दा पीडित बालिकाको योनिमा घाँउ भएको पाएपछि करणी भएको पृष्टी गर्दै प्रहरीलाई खबर गरेको गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।

उता पीडित बालिकाले पनि आफुलाई मामाले करणी गरेको कुरा छिमेकीहरुलाई, ओरेक नेपाल र न्यायिक समितिको सोधपुच्छमा भनिसकेका छन् । आरोपित खड्का आइतबार देखि प्रहरी हिरासतमा छन् । पीडित बालिकालाई सोमबार विहान स्वास्थ्य चेक गरिने र स्वास्थ्य चेकजाँच पछि मात्र अनुसन्धान सुरु हुने इप्रकाका डिएसपी दिलिप कुमार गिरीले बताए ।