ब्लाष्टखबर ।  प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये २७ महिला र ४३ पुरुषमा छन् ।

संक्रमितहरू मध्ये माेरङमा ५०, झापामा १० जना, सुनसरीमा ९ जना र प्रदेश १ स्थाइ ठेगाना नभएका १ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आइतबार ४२ जना नयाँ संक्रमित थपिएका छन् । १८ महिला २४ पुरुष छन् । यस्तै, बुढिगंगा नगरपालिकामा ४ महिला र १ पुरूष, केराबारी गाउपालिकामा २ पुरूष र पालिका नखुलेका १ पुरूषमा संक्रमण पुष्टि भएकाे छ । 

झापामा कमल गाउँपालिकामा  १ महिला र २ पुरूष, झापा गाउँपालिकामा १ पुरूष, विर्तामाेड नगरपालिकामा २ महिला, गाैरदह नगरपालिकामा २ पुरूष, काकाइ नगरपालिकामा १ महिला र पालिका नखुलेका १ पुरूष रहेका छन्, 

सुनसरीमा संक्रमित देखिएका १ महिला र ८ पुरूष  भने इटहरीका रहेका छन् । अन्य १ जना धनुषाका पुरूषमा पनि संक्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ ।

 प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४६ जना महिला र १ हजार ९ सय ७५ पुरूष गरी २ हजार ६ सय २१ पुगेको छ ।  प्रदेश १ मा हाल सम्म २ सय १५ महिला र १ हजार ४६ जना पुरूष गरी १ हजार २ सय ६४ जना निकाे भएर घर फर्केका छन् ।मन्त्रालयका अनुसार   हाल ६ सय ७७ जना आइसाेलेसनमा रहि उपचाररत छन्, भने २ महिला र १२ पुरूष गरी १४ जना संक्रमितका ेमुत्यु भएकाे छ ।